लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नेप्से र कारोबार दुवैमा वृद्धि

सोमबार, ३ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, वैशाख ३ । आइतबार सामान्य हरियोमात्र रहेको सेयरबजारमा सोमबार सुधार आयो । यसदिन नेप्से र कारोबार दुवैमा सुधार आयो ।

नेप्से १७ अंकले उकालो लागेर १२ सय ९७ पुग्यो । अन्य समूह झिनो अंकलेमात्र रातो रहेबाहेक अरु सबै समूह हरियो रहे ।

बिमा समूहमा सबैभन्दा उच्च २९३ अंकको वृद्धि आयो । लघुवित्त समूह ७२ अंकले र होटल समूह पनि ५२ अंकले उकालो लागे । विकास बैंक, वित्त, जलविद्युत् र उत्पादनमूलक समूह पनि दोहोरो अंकले उकालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६७ कम्पनीका ११ लाख ७८ हजार कित्ता सेयर ५८ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework