लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन

शुक्रबार, २२ पुष, २०७३ मा प्रकाशित, 10326 पटक हेरिएको

मुम्बई, पुस २२ । बलिउडका चर्चित अभिनेता ओम पुरीको निधन भएको छ ।

६६ वर्षीय पुरीको हृदयघातका कारण शुक्रबार बिहान मृत्यु भएको हो ।

उनले विभिन्न भाषाका चलचित्रमा अभिनय गरेका थिए । उनले विभिन्न विधामा सशक्त अभिनय गरेका कारण बलिउडमा उनलाई स्थापित कलाकारका रुपमा लिइन्छ ।

स्व. पुरीका एक छोरा छन् । सन् १९९३ मा दाम्पत्य जीवनमा बाँधिएका उनले सन् २०१३ मा पत्नी नन्दितासँग सम्बन्ध विच्छेद गरेका थिए ।

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.