लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
Gold & Diamond

मुख स्वास्थ्य नीति कार्यान्वयन गर्न उपराष्ट्रपतिको आग्रह

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 971 पटक हेरिएको

काठमाण्डौं, चैत ७ । ‘जसको दाँत सवल, उसको जीवन सवल’ भन्ने सन्देशसहित नेपालमा पनि विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ ।

नेपाल डेन्टल एसोसिएसनले सोमबार (आज) राजधानीमा गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारले पारित गरिसकेको मुख स्वास्थ्य नीति कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

उपराष्ट्रपति पुनले दुर्गम क्षेत्रमा बस्नेहरुमा मुख र दाँतको समस्या बढी भएको भन्दै दन्त चिकित्सकहरु विदेश पलायन भएकामा पनि गुनासो गरे ।

सुविधा बढाएर भएपनि दन्त चिकित्सकलाई गाउँगाउँमा पु¥याउन उनले सरकारलाई आग्रह गरे ।

त्यस्त,ै दन्त रोग विशेषज्ञहरुले २०७० मै पारित भएको राष्ट्रिय मुख स्वास्थ्य नीति कार्यान्वयन नगरिएकामा गुनासो गरेका छन् ।

दन्त रोग विशेषज्ञ डा. प्रकाश बुढाथोकीले वार्षिक ६ सय दन्त चिकित्सक बजारमा आउने भएपनि राम्रो अवसर नपाउँदा विदेशिन बाध्य भएको बताए ।

दन्त चिकित्सकहरुले सरकारसँग गाउँगाउँमा मुखको समस्याका बिरामी बढिरहेकाले प्राथमिक स्वास्थ्य केन्द्रमा पनि दन्त चिकित्सकको दरबन्दी राख्नुपर्ने बताउँदै दन्त क्षेत्रलाई हेर्न छुट्टै विभाग बनाउन पनि उनीहरुले माग गरेका छन् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.