लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पाँचथरबाट एक वर्षमा २ अर्ब रुपैयाँभन्दा बढीको कृषि उपज निर्यात

शुक्रबार, २७ असोज, २०७४ मा प्रकाशित,

फिदिम, असोज २७ । पाँचथरबाट एक वर्षभित्र २ अर्ब रुपैयाँभन्दा बढीको कृषि उपज निर्यात भएको छ ।

तरकारी, मसला बाली र नगदे बालीसमेत गरी २ अर्ब ६ करोड ८२ लाख रुपैयाँ बराबरको कृषि उपज निर्यात भएको हो । २०७३ सालको असोजदेखि २०७४ साल भदौ मसान्तसम्म गरी ठूलो मात्रामा कृषि उपज निर्यात भएको जिल्ला कृषि विकास कार्यालय पाँचथरले जनाएको छ ।

पाँचथरबाट अलैंची, सुन्तला, कागती, अदुवा, अकबरे खुर्सानीलगायतका कृषि उपज निर्यात हुँदै आएका छन् । त्यसैगरी गोलभेडा, काउली, मुला, करेला र मटरलगायतका तरकारीमात्र करिब ३० करोड रुपैयाँको निर्यात भएको कार्यालयले जनाएको छ ।

यहाँ उत्पादित अलैंची र अदुवा लगायतका नगदेबाली झापा र काठमाडौंसहित भारतसम्म निर्यात हुने गरेको छ ।

अघिल्लो वर्षको तुलनामा यो वर्ष ३६ लाख रुपैयाँ बढीको कृषि उपज निर्यात भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework