लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

निर्वाचन आयोगलाई ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दूराष्ट्र’ शब्द हटाउने अधिकार कसले दियो ?’

आइतबार, ६ चैत, २०७३ मा प्रकाशित, 51851 पटक हेरिएको

काठमाडौं, चैत ६ । व्यवस्थापिका–संसदको आइतबारको शून्य समयमा सांसदले विभिन्न आन्दोलनका घाइते सरकारी अस्पतालमा उपचारत् रहेका तर सरकारले उनीहरुलाई दिने भनेको निःशुल्क उपचार हुन नसेकेको र राजविराज घटनाका घाइतेलेसमेत निःशुल्क उपचार पाउन नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनीहरुले तराई–मधेसमा पनि स्थानीय निर्वाचनको वातावरण बनाउन सदनमार्फत् सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरुले नेपालको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट मारिएका गोविन्द गौतमका परिवारलाई थप राहत दिन माग गरे ।

यसरी आफ्नो धारणा राख्नेमा शेरबहादुर तामाङ, सकलदेव सुतियार, सूर्यप्रकाश बाला राई, सञ्जयकुमार गौतम, डा. सुबोध पोखरेल, हर्कबोल राई, हरिप्रसाद नेपाल र हरिबहादुर राजवंशी थिए ।

‘बजेट बाहिरबाट रकम निकासा’
संसदको आइतबारको बैठकमा सभामुखसित समय लिइ नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेले सरकारले बजेट कार्यान्वयनमा ध्यान नदिइ चितवन, रोल्पालगायत जिल्लामा बजेटभन्दा बाहिरबाट करोडौं रकम निकासा गरेको आरोप लगाए ।

उनले आर्थिक अनुशासन कायम राख्न र योजनामा परेका कार्यक्रमलाईमात्र रकम विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसका दिवानसिंह विष्टले ‘नेपालको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गोलीबाट मारिएका गोविन्द गौतमको परिवारलाई थप राहत दिन र अबदेखि यस्तो घटना हुन नदिन सरकारले ध्यान दिनुपर्छ’–भने ।

नेकपा माओवादी केन्द्रका उमेश यादवले सप्तरीमा आन्दोलनकारीले आन्दोलनलाई किन नियन्त्रणमा लिन सकेनन् भन्ने प्रश्न गरे ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीले भारतीय सुरक्षा बलले दाङ जिल्लाको नेपाली भूमिमा ज्यादती गरेको भनी सरकारको ध्यानाकर्षण गराए ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले दशगजाभन्दा वर नेपाली भूमिमा भारतले विकास–निर्माण गर्न अवरोध गर्दा सरकार मौन बसेको आरोप लगाए ।

नेकपा एमालेका काशीनाथ अधिकारी र पुरुषोत्तम पौडेलले नेपाल र भारतका सीमालाई व्यवस्थित गर्न माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका कुन्तीकुमारी शाहीले आफ्नो पार्टीको घोषणापत्रमा रहेका ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दूराष्ट्र’ भन्ने शब्द निर्वाचन आयोगलाई हटाउने अधिकार कसले दियो ? भन्ने प्रश्न गर्दै आयोगको सो काम तत्काल फिर्ता लिन माग गरिन् ।

नेपाली कांग्रेसका शेषकान्त अधिकारीले चितवन जिल्लाको शक्तिखोरमा औद्योगिक क्षेत्र घोषणा गर्दा ध्यान दिन आग्रह गरे ।

सांसद लक्ष्मण राजवंशी र तप्तबहादुर विष्टले पनि समसायिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका थिए । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework