लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
Gold & Diamond

संसदमै प्रमुख दलबीच आरोप–प्रत्यारोप, यसरी भयो चर्काचर्की (भिडियोसहित)

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 8180 पटक हेरिएको

सरोज अधिकारी/नवीन स्थापित (इमेज): काठमाडौं, चैत ७ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारी तीव्र बनाएको बताइएपनि राजनीतिक वातावरण भने बिग्रँदै जाने हो कि भन्ने आशंका बढ्न थालेको छ ।

प्रमुख तीन दलले निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्नेमा उनीहरु नै आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

सोमबारको संसद बैठकमा सत्तारुढ दल कांग्रेस–माओवादी केन्द्र र विपक्षी एमालेले एक–अर्काप्रति स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र गरेको आरोप लगाए ।

मधेसी मोर्चा आफ्नो माग पूरा नभएको भन्दै संसद नै छोडेर आन्दोलनमा उत्रिएरहेकोबेलामा निर्वाचनको पक्षधर देखिएका प्रमुख दलहरुबीचको यो आरोप–प्रत्यारोपले निर्वाचनको वातावरण नै बिग्रने त होइन भन्ने प्रश्न उठाएको हो ।

सक्तरुढ दलहरुले एमालेले अनावश्यकरुपमा अन्य दल र नेताहरुलाई होच्याएर निर्वाचनको वातावरण बिगार्न खोजेका आरोप लगाएका छन् ।

आफूइतर दलका नेतालाई होच्याउने, अराष्ट्रिय बनाउने र उत्तेजक बनाएर निर्वाचन भाँड्न खोजेको कांग्रेसको आरोप छ ।

एमालेको मेची–महाकाली यात्रामा ‘कांग्रेसको खेदो खनिएको’ भन्दै कांग्रेस सांसद रामहरि खतिववडाले आपत्ति जनाए ।

कांग्रेस सांसद बोलेलगत्तै बोलेका एमाले उपाध्यक्षसमेत रहेका सांसद भीम रावलले ‘आफ्नो प्रचार गरेर हिँड्दा खेदो खन्यो भन्ने कस्तो लोकतान्त्रिक चरित्र हो ?’ भनी प्रश्न गरे ।

उनले शान्तिपूर्ण यात्रामा अवरोध गर्नेहरुसँग कांग्रेसको मिलोमतो भएको आशंका गर्दै त्यसो हो भने खुलारुपमा आउन चुनौतीसमेत दिए ।

सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रले पनि एमालेले निर्वाचनको वातावरण बनाउनभन्दा पनि उत्तेजक अवस्था सिर्जना गरेर भाँड्न लागेको आरोप लगाएको छ ।

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले एमालेको र मधेसी मोर्चाको अतिवादले निर्वाचनलाई अप्ठ्यारो बनाउंदै लगेको बताए । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

 

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.