लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजर्षिजनक विश्वविद्यालय विधेयक पारित

बिहीबार, २६ असोज, २०७४ मा प्रकाशित,

काठमाडौं, असोज २६ । व्यवस्थापिका–संसदमा स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय छानबिन र सुशासन तथा अनुगमन समितिको वार्षिक प्रतिवेदन बिहीबार पेस भएको हो ।

स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय छानबिनले गत वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको चितवन, दोलखा र कालिकोटमा स्थलगत अध्ययन गरेको थियो ।

समितिले निस्पक्ष र स्वतन्त्र निर्वाचनका लागि निर्वाचन आचारसंहिता कडाइका साथ लागू हुनुपर्ने सुझाव दिएको छ ।

यसैगरी, सुशासन तथा अनुगमन समतिले पनि प्रतिवेदन पेस गर्दै सुशासन कायम गर्न विधिको शासन र लोकतान्त्रिक संरचना निर्माण गर्न आवश्यक भएकोमा जोड दिएको छ ।

त्यसैगरी, बिहीबारको बैठकले राजर्षिजनक विश्वविद्यालय विधेयक पारित गरेको छ ।

संसदको अर्काे बैठक शुक्रबार (भोलि) दिउँसो १ बजे बस्नेछ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework