लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

आफ्ना सेनालाई फिलिपिन्सका राष्ट्रपतिको निर्देशन– महिला विद्रोहीको गुप्ताङ्गमा गोली हान

मंगलबार, १ फागुन, २०७४ मा प्रकाशित,

मनिला, फागुन १ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुतेर्तेले आफ्ना सेनालाई दिएको एक निर्देशनको आलोचना भइरहेको छ । उनले सेनालाई महिला विद्रोहीको गुप्ताङ्गमा गोली हान्न आदेश दिएपछि त्यसको आलोचना भएको हो ।

राष्ट्रपति डुतेर्तेले केही दिनअघि पूर्वविद्रोहीलाई सम्बोधन गर्दै त्यस्तो आदेश दिएका थिए । राष्ट्रपतिको जनसम्पर्क कार्यालयले पनि उनको यो निर्देशन सम्बन्धी विवरण प्रकाशित गरेको थियो तर उक्त विवरणमा ‘गुप्ताङ्ग’ शब्द उच्चारण नगरी खाली ठाउँ छोडिएको थियो ।

उनले परिवारलाई छाडेर कम्युनिस्ट आन्दोलनमा लागेका महिलाहरुको आलोचना गरेका थिए ।

उनको यो भनाइप्रति महिलाअधिकारकर्मीहरुले आपत्ति जनाएका छन् ।

सत्तामा आएपछि उनले लागू औषध कारोवारीलाई पनि निशाना बनाएका छन् । उनको निर्देशनमा सुरक्षाकर्मीले सख्त कारवाही गर्दै आएका छन् भने कयौंलाई इन्काउन्टरमा मारिएको छ । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework