लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

दोहा उड्न लागेको विमानका क्याप्टेन मोबाइल बन्द गरेर सम्पर्कविहीन भएपछि...

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित, 103792 पटक हेरिएको

काठमाडौं, पुस २८ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा जान एक सय ९० यात्रु नेपाल वायुसेवा निगमको जहाजभित्र सिटमा तम्तयार छन् ।

जहाज मंगलबार राति साढे ११ बजे उड्ने तालिका अनुसार एक घण्टादेखि तयारी हालतमा छ अनि एयर होस्टेस, स्टेवार्ड (चालक दल सदस्य) सबै दुरुस्त ।

तर जहाज उड्दैन ।

करिब आधा घण्टा अघि नै जहाजभित्र छिरिसकेका यात्रु अझै किन जहाज नउडेको हो भन्ने मेसो पाउँदैनन् । चालक दलका सदस्यले बल्ल साढे ११ बजे थाहा पाए– जहाज कमाण्ड गर्दै दोहासम्म उडाएर लैजानुपर्ने वरिष्ठ क्याप्टेन ओमबहादुर (ओबी) गुरुङको मोबाइल फोन ‘स्वीच अफ’ छ ।

उडान तालिका अनुसार उड्नु एक घण्टा अघि नै क्याप्टेन र को–पाइलट विमानस्थल पुगिसकेको हुनुपर्छ । तर क्याप्टेन गुरुङ भने मोबाइल स्वीच अफ गरेर ‘गैरजिम्मेवार’ तरिकाले सम्पर्कविहीन भएपछि बाँकी चालक दलले उडान रद्द भएको घोषणा ग¥यो ।

यात्रु निराश हुँदै मध्यरात १२ बजेबाट जहाजबाट बाहिर निस्किए । निगम व्यवस्थापनले उनीहरुलाई मध्यरात बल्लबल्ल होटल खोजेर सुत्ने व्यवस्था मिलाइदियो ।

उनीहरु बुधबार बिहान निगमकै त्यही जहाजबाट बल्ल दोहा उड्न पाए ।

सम्बद्ध स्रोतका अनुसार क्याप्टेन गुरुङले जहाज उडाउन नआउनुको कारण भने उनको उडान अनुमतिपत्र (लाइसेन्स) को म्याद सकिनु पो रहेछ ।

‘क्याप्टेन गुरुङको गल्ती त छँदैछ, तर सबैभन्दा ठूलो गल्ती लाइसेन्स म्याद सकिएका क्याप्टेनलाई जहाज उडान तालिकामा राख्ने व्यवस्थापनको हो,’ सम्वद्ध स्रोतले भन्यो, ‘यसमा सम्वद्ध सबैलाई कडा कारवाही गर्नुपर्छ ।’ –नागरिक दैनिकबाट

Loading...

प्रतिक्रिया

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.