लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नेपाल वायु सेवा निगमको मलेसिया र दोहा उडान बन्द

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 18454 पटक हेरिएको

काठमाडौं, जेठ ५ । नेपाल वायु सेवा निगमले मलेसियाको क्वालालम्पुर र कतारको दोहाको उडान बन्द गर्ने भएको छ ।

निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले दोहाबाट यात्रु बोकेर बुधबार नेपाल आउने क्रममा जहाजमा प्राविधिक समस्या आएसँगै जहाज दोहा विमानस्थलमा ग्राउन्डेड भएको जानकारी दिए ।

निगमसँग भएको एउटा बोइङ पनि ग्राउन्डेड भएसँगै क्वालालम्पुर र दोहाको उडान बन्द गर्नुपर्ने अवस्था आएको श्रेष्ठले बताए । नयाँ दिल्लीको उडान पनि प्रभावित हुने निगमको भनाइ छ ।

जहाजको प्राविधिक समस्या समाधानका लागि इन्जिनियरको खोजी भइरहेको उनले जानकारी दिए । जहाज नबन्दसम्मका लागि उडान बन्द हुने सूचनासमेत जारी भइसकेको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework