लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

२७ हजार फिटमाथि जब दुई विमान आपसमा १०० फिटको दूरीमा आइपुगे...

आइतबार, २८ माघ, २०७४ मा प्रकाशित,

मुम्बई, माघ २८ । मुम्बईको आकाशमा दुई विमान २७ हजार फिटको उचाईमा उडान भरिरहेको समयमा एकआपसमा १०० फिटको दुरीमा आइपुगेको घटनाले भारतीय नागरिक उड्डयन प्राधिकरणमा हल्लीखल्ली मच्चिएको छ ।

घटना ७ फेब्रुअरीको भए पनि ढिलो गरी प्रकाशमा आएको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय संचारमाध्यमका अनुसार गत बुधबार भिस्टारा एयरलाइन्सको विमान र एयर इन्डियाको विमान २७ हजार फिटमाथि एक अर्काको विपरीत दिशाबाट १०० फिटको दुरीमा आइपुगेका थिए ।

केही सेकेन्डभित्रै ठूलो दुर्घटना निम्तिन सक्थ्यो तर दुवै विमानका पाइलटले निकै कुशलतापूर्वक दुर्घटना टारेको बताइन्छ ।

भिस्टारा एयरलाइन्स स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले जनाएअनुसार दिल्लीबाट पुणे जाँदै गरेको विमानलाई एयर ट्राफिक कन्ट्रोलले पाइलटलाई २७ हजार फिटको उचाईमा उड्न भनेको थियो । राति ८ बजेको समयमा मुम्बईको आकाशमा भिस्टारा एयरलाइन्सले उडान भरिरहेको अवस्थामा एयर इन्डियाको विमान पनि भोपाल जाने क्रममा २७ हजार फिटको उचाईमा उडिरहेको थियो ।

दुवै विमान आमने–सामने भएपछि दुवै विमानको ककपिटमा अलार्म बज्यो । दुवै विमानका पाइलटले बडो सुझबुझका साथ विमानलाई आपसमा ठोक्किनबाट जोगाएको बताइएको छ ।

भिस्टारा एयरलाइन्सका प्रवक्ताले घटनाबारे छानविन भइरहेको जनाएका छन् । त्यस्तै एयर इन्डियाका एक अधिकारीले निकै कम समयमा दुर्घटना हुन सक्ने अवस्था रहँदा पाइलटले जोखिम टारेको जनाएका छन् । (एजेन्सी)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework