लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मकालु एयरको कार्गो विमान हुम्लामा दुर्घटना (फोटो फिचर)

बुधबार, २ जेष्ठ, २०७५ मा प्रकाशित,

नृप हमाल (इमेज) अपडेटः हुम्ला, जेठ २ । सुर्खेतबाट हुम्लाको सिमकोटका लागि उडेको मकालु एयरको ‘नाइन एन एजेयु’ कलसाइन भएको कार्गो विमान बुधबार हुम्लाको खार्पुनाथ गाउँपालिका–२ बामखर्कमा दुर्घटना भएको छ ।

दुर्घटनामा चालक क्याप्टेन किरण भट्टराई र को–पाइलट आदित्य नेपालीको मृत्यु भएको छ ।

सो कार्गो विमान बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट हुम्लाको सिमकोटका लागि उडेकोे थियो ।

६ बजेर २७ मिनेटसम्म नेपालगन्ज टावरसँग सम्पर्कमा रहेको विमान त्यसपछि सम्पर्कविहीन भएको थियो । खराब मौसमका कारण विमान दुर्घटना भएको बताइएको छ ।

दुर्घटनास्थल खार्पुनाथ सिमकोट विमानस्थलबाट ७.७ नटिकल माइल दक्षिणपूर्व १२ हजार ८०० फिट उचाइमा अवस्थित छ ।

सो कार्गो विमानमा भएकाले चालक दलका दुईजना सदस्यमात्र थिए । विमान ११७० किलो सामान बोकेर सिमकोटका लागि उडेको थियो ।

जहाज सम्पर्कविहीन भएको सूचना पाएलगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली खोजीमा जुटेको थियो । बाजुरा, मुगु र हुम्ला प्रहरीले आ–आफ्नो क्षेत्रमा खोजी गरेका थिए ।

तर, हुम्लाका स्थानीयले जहाज देखेको सूचना दिएपछि सिमकोटबाट नेपाल प्रहरीका असइ, नागरिक उड्डयन प्राधिकरणका एकजना कर्मचारी र दुईजना मेडिकल सदस्य रहेको टोली त्यहाँ पुगेको थियो ।

 

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework