लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अनुशासन उल्लंघन गरेको भन्दै डीआईजी सिलवालसँग मागियो स्पष्टिकरण

बिहीबार, ७ बैशाख, २०७४ मा प्रकाशित, 14643 पटक हेरिएको

काठमाडौं, वैशाख ७ । प्रहरी प्रधान कार्यालयले संगठनको अनुशासन उल्लंघन गरेको भन्दै डीआइजी नवराज सिलवालसँग स्पष्टीकरण माग गरेको छ ।

महानिरीक्षक प्रकाश अर्यालको निर्देशनमा सिलवालसँग स्पष्टीकरण मागिएको जानकारी प्रहरीको उच्च अधिकारीले दिएका छन् ।

ती अधिकारीका अनुसार महानिरीक्षक अर्यालले पद सम्हालेको भोलिपल्ट चैत २९ मा बोलाएको प्रहरी समन्वय समिति (पीसीसी)को बैठकमा सहभागी नभएर सिलवालले प्रहरीको नियम र चेन अफ कमान्ड उल्लंघन गरेकोमा स्पष्टीकरण सोधिएको हो । ‘संगठनको अनुशासन र प्रहरी नियम उल्लंघन गरेकामा तपाईँमाथि कारबाही किन हुनु नपर्ने हो लिखित स्पष्टिकरण पेश गर्न’ भन्दै प्रहरी प्रधान कार्यालयले सिलवाललाई लेखेको पत्रमा उल्लेख छ । –कान्तिपुर दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework