लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सस्तोमा सुन दिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ

आइतबार, २८ माघ, २०७४ मा प्रकाशित,

काठमाडौं, माघ २८ । बजार भाउभन्दा सस्तोमा सुन दिन्छु भनि प्रलोभनमा पारी २० लाख रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न ४ जनालाई उपत्यकाको विभिन्न स्थानबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ घोराही–४ घर भई हाल काठमाडौं, बुढानिलकण्ठ बस्ने ३२ वर्षीय नरेन्द्र महरा, दार्चुला भगवती–४ घर भई हाल ललितपुर बुङमती बस्ने ३३ वर्षीय ईन्द्रसिंह धामी र २८ वर्षीय भुपेन्द्रसिंह धामी तथा चितवन कालिका नगरपालिका–१ घर भई हाल काठमाडौं टेकु बस्ने २४ वर्षीय बिलाश पराजुली छन् ।

उनीहरुलाई २० लाख ५० हजार रुपैयाँ, आईफोन ६ थान र बा११च ७६४२ नम्बरको स्विफ्ट गाडीसहित प्रहरीले पक्राउ गरेको हो ।

साथै पक्राउ परेका नरेन्द्र महराको साथबाट बरामद भएको आईफोनमा रेडपाण्डाको छालाको फोटो देखेपछि अनुसन्धान गर्ने क्रममा दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला १ थान झोलामा बोकी हिँडेको अवस्थामा काठमाडौं महानगरपालिका–६ बस्ने भरत विलाश पराजुलीलाई काठमाडौ कपन शिव मन्दिरबाट प्रहरीले पक्राउ गरेको थियो ।

पराजुलीलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यलाय, हात्तिसार पठाइएको प्रहरीले जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework