लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

अर्घाखाँचीबासीलाई पोखरा जान टाढा भए सुरुङमार्ग बनाइदिन्छौं : ऊर्जामन्त्री

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित, 32443 पटक हेरिएको

अर्घाखाँची, पुस २८ । ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा एमालेसँग सहमति भएको बताएका छन् ।

                                                                                              फाइल फोटो
प्रेस सेन्टर नेपालले विहीबार अर्घाखाँचीमा गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्र, संघीयता र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने विचार व्यक्त गरे ।

मन्त्री शर्माले रोल्पा र रुकुमका जनताको मागअनुसार नै ५ नम्बर प्रदेशबाट पहाडी जिल्ला अलग्याएको बताउँदै अर्घाखाँचीका जनतालाई पोखरा जान टाढा भएमा सुरुङमार्ग निर्माण गरिदिने पनि आश्वासन दिए ।

उनले देशभर नै विद्युत्भार कटौती अन्त्य गर्ने गरी ऊर्जा मन्त्रालय लागिपरेको बताउँदै अहिले काठमाडौंसहितका सहरमा विद्युत्भार कटौतीमुक्त भएको उल्लेख गरे ।

उनले अर्घाखाँची जिल्लाको सिमानामा रहेको नौमुरे परियोजना छिट्टै सन्चालन हुने गरी काम भइरहेको, पश्चिमको सेती, नरसिङघाट, सल्यानमा भएको शारदा, उत्तरगंगा, अरुण तमोर, बूढीगन्डकीलगायतका परियोजनालाई अगाडि बढाउने गरी काम भइरहेको बताए । रासस

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework