लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

सरकार उल्टो बाटोमा हिँड्यो : पोखरेल

बिहीबार, २८ पुष, २०७३ मा प्रकाशित, 1979 पटक हेरिएको

केशव भण्डारी (इमेज): बुटवल, पुस २८ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले संविधान संशोधन प्रस्ताव असफल पारेरै छाड्ने दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले विहीबार रुपन्देहीमा गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले ‘सरकारले चोर बाटोबाट संशोधन प्रस्ताव संसदमा टेबल गरे पनि असंवैधानिक र राष्ट्रहितविरूद्धको प्रस्ताव कुनै हालतमा पास हुन नदिने’ बताए ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले ‘भारतको बहकाउमा संशोधन प्रस्ताव ल्याइएको’ ठोकुवा गर्दै उनले यसलाई असफल पार्ने बताए ।

उनले संविधान कार्यान्वयन गर्ने बेलामा संशोधनको मुद्दा उठाएर सरकार उल्टो बाटोमा हिँडेको आरोप पनि लगाए ।

मुलुकमा निर्वाचन नगराउने, संविधानलाई असफल गराउने उद्देश्यस्वरूप संशोधन प्रस्ताव आएको पोखरेलको भनाइ थियो ।

 

 

 

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.