लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रधानमन्त्री देउवालाई बल्ल जुर्‍यो साइत, बालुवाटर सरे

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 2869 पटक हेरिएको

काठमाडौं, असार ५ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् ।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवा करिब दुई हप्तापछि सरकारी निवासमा सरेका हुन् ।

ज्योतिषहरुको सल्लाहबमोजिम उनले शुभसाइत पारेर आज बालुवाटारमा सरेका हुन् ।

प्रधानमन्त्रीमा निर्वाचित भइसकेपछि पनि उनी बुढानिलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए ।

प्रधानमन्त्री देउवाले यसअघि बुढानीलकण्ठ निवासमा बसेर गर्दै आएको काम अब बालुवाटारबाटै गर्नेछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework