लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

डा.भट्टराई र यादवको संयुक्त विज्ञप्तीः २४० निर्वाचन क्षेत्र मान्य नहुने

आइतबार, १ साउन, २०७४ मा प्रकाशित, 5141 पटक हेरिएको

काठमाडौं, साउन १ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालले २४० निर्वाचन क्षेत्र बनाउनु अनुपयुक्त हुने जनाएको छ ।

यादव र भट्टराईले पुरानै संसदीय निर्वाचन क्षेत्र २४० कायम राख्ने प्रयास मान्य नहुने बताएका छन् ।

संविधानको प्रवन्धलाई उल्लंघन गर्दै पुरानै २४० क्षेत्र राख्दा संघीयता र समावेशितासहितको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई प्रतिकुल असर गर्ने उनीहरुको दलील छ ।

तत्कालै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी संसद र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारणको काम सुरु गर्न पनि दुई नेताले आग्रह गरेका छन् ।

दुबै पार्टीले संघीय संसदभन्दा पहिला प्रदेशको चुनाव गराउन पनि माग गरेका छन् ।

संघीय फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संयुक्त विज्ञप्ति निकाली संविधान संशोधन प्रक्रिया तत्काल टुंगो लगाउन पनि आग्रह गरेका छन् ।

संविधान संशोधनले मात्र आगामी निर्वाचनलाई सहज वातावरण बनाउने भन्दै उनीहरुले अन्यथा, गम्भीर राजनीतिक संकट ल्याउने उल्लेख गरेका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework