लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राप्रपाभित्र ठूलो ‘दुर्घटना’ हुनसक्ने संकेत, एकले अर्कोलाई ‘खुइल्याउने’ मात्र !

आइतबार, १ साउन, २०७४ मा प्रकाशित, 5353 पटक हेरिएको

काठमाडौं, साउन १ । संसदको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी यति बेला चरम द्वन्दबाट गुज्रिएको छ ।

पार्टी अध्यक्ष कमल थापाले ४२ जना केन्द्रीय सदस्यहरु मनोनित गरेपछि पशुपति शमशेर राणा पक्षले निर्णय फिर्ता लिन आग्रह मात्रै गरेको छैन । निर्णय फिर्ता नलिए दुर्घटना हुनसक्ने चेतावनी पनि दिएको छ ।

जुट र फुटको लामो पृष्ठभूमि बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा पुनः विवाद चर्किएको छ ।

पार्टी अध्यक्ष कमल थापा र वरिष्ठ नेता पशुपति शम्शेर राणा पक्षबीचको किचलोले राप्रपा फेरि फुटको बाटोतिर जान लागेको त होइन भन्ने आशंका बढाएको छ ।

अध्यक्ष थापाले गत असार ३० गते ४२ जना केन्द्रीय सदस्य मनोनित गरेपछि राणाले विज्ञप्ती नै जारी गरेर त्यसको प्रतिवाद गर्दै सच्चाउन चेतावनी दिएका छन् ।

राप्रपाका दुवै नेताहरुको निजी निवासमा दिनहुँ गुटगत वैठक हुने गरेकाले पनि यी दुवै पक्ष एकले अर्कोलाई खुइल्याउने खेलमा लागेको आभाष हुन्छ ।

तर राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन चित्त नबुझेका कुरालाई आन्तरिक रुपमा हल गर्न सकिने भए पनि राणाले विज्ञप्ती नै जारी गर्नु दुःखद भएको बताउँछन् ।

पार्टी अध्यक्षले कार्यकारी अधिकार प्रयोग गरेर राणाकै सल्लाह बमोजिम ४२ जना केन्द्रिय समिति मनोनयन गरेको दाबी पनि लिङदेनको छ ।

थापाले आपूm सत्तामा जानका लागि एकलौटी रुपमा सदस्यहरु मनोनयन गरेको आरोपप्रति पनि उनले विमती जनाए ।

राणा पक्षले मनोनित ४२ जना सदस्यहरुको नाम फिर्ता नलिए पार्टी दुर्घटनामा पर्ने चेतावनी दिइसकेको छ भने थापा पक्षले पनि अडान छाडेको छैन ।

यस्तो अवस्थामा साउन ४ गते वस्ने केन्द्रिय समितिको वैठकबाटै राप्रपाको आगामी बाटो के हुने भन्ने टुंगो लाग्ने अनुमान गरिएको छ ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework