लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

सरकार विस्तार गर्न कांग्रेस र माओवादी केन्द्रबीच गृहकार्य, यस्तो छ तयारी

सोमबार, २ साउन, २०७४ मा प्रकाशित,

काठमाडौं, साउन २ । सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले सरकार विस्तारको गृहकार्य सुरु गरेको छ ।

सरकार विस्तारका लागि कांग्रेसको तर्फबाट कार्यदल सदस्य रहेका नेता विमलेन्द्र निधिले माओवादी केन्द्रका अध्यक्ष पुष्पमल दहालसँग आज भेट गरी मन्त्रिपरिषद् विस्तार, निर्वाचन क्षेत्र निर्धारण आयोगलगायतका विषयमा छलफल गरेका छन् ।

दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा एक/दुई दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे कुरा भएको नेता निधिले जानकारी दिए ।

त्यस्तै छिट्टै प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नेबारे पनि कुरा भएको छ ।

मन्त्रालय बाँडफाँटका विषयमा सैद्धान्तिक सहमति भए पनि संख्या र नामको टुंगो लगाउने जिम्मा भने कार्यदललाई दिइएको नीधिले जानकारी दिए ।

दुई दलबीच कांग्रेसले १२ र माओवादी केन्द्रले ८ मन्त्रालय लिने यसअघि सैद्धान्तिक सहमति भए पनि अहिले माओवादीले ९ वटा मन्त्रालय मागिरहेको छ ।

कांग्रेस र माओवादीले २० वटा मन्त्रालयले लिने र बाँकी अन्य दललाई बाँड्ने विषयमा छलफल जारी रहेको बताइएको छ ।

अहिले पनि उर्जा, भौतिक पूर्वाधार, सूचना तथा सञ्चार, कृषि लगायतका मन्त्रालयमा टुंगो लाग्न सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक महिना नाघि सक्दासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

अहिले आठ सदसीय मन्त्रिपरिषद्मा कांग्रेसका प्रधानमन्त्रीसहित चार, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका एक मन्त्री छन् । अझै २३ वटा मन्त्रालयले नेतृत्व पाउन बाँकी छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework