लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

ओलीले देखेनन् प्रतिस्पर्धी,‘एक जना माडसाप’ चुनावमा सहभागी भएका छन् रे !

आइतबार, २६ कार्तिक, २०७४ मा प्रकाशित,

झापा, कात्तिक २६ । प्रतिनिधिसभाको मंसिर २१ मा हुने निर्बाचनमा पूर्वप्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी ओलीको प्रतिस्पर्धीका रुपमा उभिएका छन, बन्यजन्तु विषयमा विद्यावारिधी गरेका उपप्रध्यापक खगेन्द्र अधिकारी ।

अधिकारी १७ बर्षे अध्यापक पेसा छाडेर झापा –५ मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका हुन् ।

कांग्रेस महासमिति सदस्य रहेका उनी ‘हेभिवेट’ सँग किन भिड्न आए ? भन्छन्,‘ म बौद्धिक ब्यक्ति हुँ, राजनीतिमा लागेर धेरै गर्न सकिन्छ भनेर एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गर्न आएको हुँ ।’

उता ओलीले निर्बाचनमा सहभागी हुँदैमा प्रतिस्पर्धी नहुने तर्क गरे । ‘चुनावमा सहभागी हुँदैमा कोही प्रतिस्पर्धी हुँदैन,’ उनले शुक्रबार दमकस्थित आफ्नो निबासमा भने,‘चुनावमा सहभागी हुनुभयो, स्वागत छ तर मेरो प्रतिस्पर्धी कोही छैन ।’

उनले कांग्रेस उम्मेदवारलाई नचिन्ने भन्दै ‘एक जना माडसाप’ चुनावमा आएको आफूले सुनेको बताए ।

कांग्रेस उम्मेदवार अधिकारीले भने ओलीसँग डराउनुपर्ने कारण के छ ?’उनले भने, ‘मलाई जनताको डर छ, कुरा बुझाउन सक्छु कि सक्दिन भन्ने ।’

उनले यस क्षेत्रलाई अघि बढाउने क्षमता आफूसँग रहेको दाबीसमेत गरे । -कान्तिपुर दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework