लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

उम्मेदवारहरुको एजेन्डा महत्वाकांक्षी, ‘जनताको आँखामा छारो हाल्न खोजेको’ गुनासो

बुधबार, २९ कार्तिक, २०७४ मा प्रकाशित,

राजन राई/ईमेज: भोजपुर, कात्तिक २९ । भोजपुरका दलहरुले चुनावी प्रचारलाई तिव्रता दिएका छन् । उम्मेदवारहरु आफ्ना एजेन्डासहित भोट माग्दै जनताको घर–घरमा पुगेपछि चुनावी रौनक छाएको छ ।

तर मतदाताले भने दलहरुले घोषणापत्रमा राखेका विषय महत्वाकांक्षी भएको टिप्पणी गरेका छन् ।

पहिलो चरणअन्तर्गत आगामी मङ्सिर १० हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरका उम्मेदवार भोट माग्न व्यस्त छन् ।

मत माग्दा उनीहरुले बिभिन्न आश्वासन समेत बाढ्दै छन् ।

तर, दलका उमेदवारले निर्वाचन जित्नका लागि मतदाता समक्ष गरेका प्रतिबद्धता र तिनका घोषणा पत्रमा उल्लेख गरिएका विषय जनताका आँखामा छारो हाल्ने काम मात्रै भएको मतदाताको गुनासो छ ।

निर्वाचनका बेला कतिपय दलका उमेदवारले आफ्ना घोषणापत्रमा पुरा गर्नै नसकिने महत्वाकांक्षी योजना राखेर जनतालाई आश्वासनको पुलिन्दा बाँड्ने गरेको मतदाताको आरोप छ ।

शिक्षा, स्वास्थ्य, सञ्चार यातायात जस्ता सामान्य अपेक्षा जनताको रहे पनि यो भन्दा ठुला सपना उम्मेदवारले मतदातासँग बाँढ्न थालेका छन् ।

अपेक्षा भन्दा ठूल्ठुला आश्वासन बाँड्ने उमेदवारले निर्वाचन जिते पनि उनीहरुले गरेका प्रतिबद्धता भने पुरा गर्न नसक्ने मतदाताको गुनासो छ ।

अस्थिर राजनीतिका कारण विकासमा पछि परेको गुनासो गरिरहेका भोजपुरे मतदाताले आगामी निर्वाचनपछि राजनीतिक स्थिरताको अपेक्षा गरेका छन् ।

यसपछि विकास र समृद्धिको बाटोमा जिल्लालाई अघि बढाउन सक्ने योग्य उम्मेदवारको खोजी आफूहरुले गरिरहेको मतदाताहरु बताउँछन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework