लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

काठमाडौं क्षेत्र नम्बर २ मा कांग्रेसको अगुवा कार्यकर्ता भेलामा यस्तो निर्णय

बुधबार, २९ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक २९ । मंसिर २१ गतेको निर्वाचन नजिकिंदै गर्दा राजनीतिक दलका नेताहरु चुनाव परिणाम आफ्नो पक्षमा पार्न कार्यकर्ता भेला,घरदैलोदेखि साना कोण सभाहरु गरिरहेका छन् ।

यसैक्रममा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ ले चुनाव लक्षित अगुवा कार्यकर्ता भेला गरेको छ । भेलाले चुनाव परिचालनका लागि प्रत्येक वडामा निर्वाचन समिति बनाउने निर्णय गरेको छ ।

भेलामा काठमाडौं क्षेत्र नम्बर–२ कांग्रेस उम्मेदवार दिपक कुईकेलले आफ्नो क्षेत्रको विकासका लागि सधै क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरे ।

संविधान कार्यान्वयन र लोकतन्त्र संस्थागत गर्ने जिम्मेवारी कांग्रेसको भएको भन्दै निर्वाचनमा लोकतन्त्रको जित हुने बताए ।

सोही प्रदेश ‘क’ का उम्मेद्वार लोकेश ढकालले क्षेत्र नम्बर–२ लाई सुविधासम्पन्न र व्यवस्थित शहरका रुपमा विकास गर्ने परिकल्पना रहेको बताए ।

उनले खानेपानी र सडकलाई व्यवस्थित गर्दै पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

अरु वक्ताले मुलुकलाई अतिवादको धारमा जान नदिन पनि कांग्रेस उम्मेदवारको विजय जरुरी रहेको बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework