लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्छ: उपप्रधानमन्त्री गच्छदार

आइतबार, ३० पुष, २०७४ मा प्रकाशित,

विराटनगर, पुस ३० । उपप्रधानमन्त्री एवं स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले आगामी बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने बताएका छन ।

उनले आज साँझ विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रिय पार्टीहरुबीच न्यूनतम सहमति गरी प्रमुख र प्रदेशको अस्थायी केन्द्रबारे निर्णय हुने बताए ।

“दलहरुबीच सहमति भन्नु नै भागभण्डा हो, योग्य र राम्रो व्यक्तित्व भएका व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्ति गरिनेछ,” उनले भने ।

दलहरुबीच सहमति कायम हुन नसकेमा वर्तमान सरकारले विधिसम्मत रुपमा प्रदेश प्रमुख तोक्ने बताउँदै उनले प्रदेश प्रमुखलाई पूर्वग्राही ढङ्गबाट अब बन्ने सरकारले हटाउन नसक्ने बताए ।

उनले गत शुक्रबार नेकपा (माओवादी केन्द्र)बाट प्रतिनिधित्व गर्ने मन्त्रीले प्रमुख र अस्थायी केन्द्र तोक्ने निर्णयमा सहमति नगर्ने भनी राजीनामा दिएको हुनाले निर्णय हुन नसकेको प्रष्ट पारे ।

उपप्रधानमन्त्री गच्छदारले देश संघीयतामा गइसकेको हुनाले नियमित प्रक्रियाअन्तर्गत तह मिलान गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा केही दरबन्दी सिर्जना गरेको प्रष्ट पारे ।

उनले प्रदेशको राजधानी सरकारले होइन प्रदेशसभाको बैठकपश्चात सभाले तोक्ने छ भने ।
रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework