लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

प्रधानमन्त्री देउवाद्वारा १५ दिनभित्र सडकका खाल्टा–खुल्टी पुर्न निर्देशन

आइतबार, १ साउन, २०७४ मा प्रकाशित,

काठमाडौं, साउन १ । प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र उपत्यकाभित्र सडकका खाल्टा–खुल्टीहरु पुर्न, ढल फुट्ने समस्या समाधान गर्न र धुलो नियन्त्रण गर्न निर्देशन दिएका छन् ।

सडक, खानेपानी, विद्युत, सडक विस्तार लगायतका सरोकारवाला मन्त्रीहरु, मुख्यसचिव, सचिव र विभागीय प्रमुखलाई आइतबार (आज) प्रधानमन्त्री कार्यालयमा बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् ।

उनले हाल निर्माणाधीन आयोजनाहरु समयमै पूरा गर्न र भविष्यमा त्यस्ता आयोजनाहरुको काम एकीकृत रुपमा गर्न पनि निर्देशन दिए ।

प्रधानमन्त्रीले नेपाल टेलिकम, विद्युत प्राधिकरण र सडक विभागलाई समन्वय गरेर काम गर्नसमेत निर्देशन दिनु भएको शहरी विकास मन्त्री प्रभु साहले जानकारी दिए ।
काठमाडौं उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्ताव तयार पार्नसमेत प्रधानमन्त्री देउवाले निर्देशन दिएको जनाइएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework