लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

निर्वाचन कानून र आयोगको छिट्टै व्यवस्था हुन्छ : प्रधानमन्त्री देउवा

आइतबार, १ साउन, २०७४ मा प्रकाशित,

काठमाडौं, साउन १ । सरकारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन कानून निर्माण र निर्वाचन क्षेत्र निर्धारण आयोग अब छिट्टै गठन हुने जानकारी दिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीलाई निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र कानुन निर्माण अब चाँडै हुने भएकाले निर्वाचनका लागि तयारी अवस्थामा रहन आइतबार (आज) निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवालाई भेट्न प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवसहितको आयोगको टोली आइतबार (आज) अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेको थियो ।

भेटमा सहभागी गृहमन्त्री जनार्दन शर्माले आयोगका पदाधिकारीसँग खासगरी निर्वाचनका लागि आवश्यक कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगका विषयमा केन्द्रित रहेर छलफल भएको जानकारी दिए ।

मतदाता नामावली संकलनको अवधि र स्थानीय तहमा पुगेर मतदाता नामावली दर्ता गर्न सकिन्छ वा सकिँदैन भन्नेबारेमा पनि उनीहरुबीच छलफल भएको थियो ।

प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पूर्वाधारका रुपमा रहेका कानून र निर्वाचन क्षेत्र निर्धारण आयोग गठनका विषयमा छलफल भएको बताए ।

निर्वाचनका लागि आवश्यक कानून र निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठनका लागि माग गरिएको जानकारी दिँदै उनले निर्वाचन कानून र निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन गरी त्यसको प्रतिवेदन चाँडै पाउनुपर्ने आयोगको माग हो भने ।

निर्वाचन क्षेत्र निर्धारण आयोग छिट्टै गठन हुने तथा निर्वाचन आयोगको मागअनुरुपको कानून पनि दु्रतमार्गबाट पारित हुने कुरा सरकारका तर्फबाट विश्वास दिलाइएको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए ।

यसैबीच, आयोगले मतदाता नामावली संकलन गर्न दिएको समयावधिभित्र जिल्ला निर्वाचन कार्यालयमा पुगेर समय र स्थानको भरपूररुपमा सदुपयोग गर्न सबैसँग आग्रह गरेको छ ।

निर्वाचन आयोगले आजदेखि यही साउन १५ गतेसम्म प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रयोगका लागि प्रत्येक जिल्ला निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework