लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

खेलकुद क्षेत्रलाई प्राथमिकता दिने कांग्रेस उम्मेदवारको प्रतिबद्धता

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

काठमाडौं, कात्तिक २८ । नेपाली कांग्रेसका काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ध्यानगोविन्द रञ्जितले लोकतन्त्रको रक्षाको लागि आगामी चुनाव महत्वपूर्ण भएको बताएका छन् ।

काठमाडौंको क्षेत्र नम्बर ९ को चुनावी यालीलाई सम्बोधन गर्दै उनले देशको स्थायित्व र परिर्वतनलाई संस्थागत गर्न कांग्रेसको आवश्यकता रहेको बताए । उनले देशको परिवर्तनकारी आन्दोलनमा सहभागिता र योगदानसमेत नरहेका नयाँ दलले ठुला दलकोे बदनाममात्र गर्न खोजेको आरोप लगाए ।

कार्यक्रममा सो क्षेत्रको ‘क’ कांग्रेसबाट प्रदेशसभा सदस्यका उम्मेदवार ईन्द्रमान तुलाधरले आफुले जितेमा खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने बताए । निवर्तमान अखिल नेपाल फुटवल संघ (एन्फा)का सिइओसमेत रहेका तुलाधरले भुकम्पबाट क्षतिग्रस्त दशरथ रंगशालाको निमार्ण र युवा लक्षित विकास कार्यक्रमलाई समेत महत्व दिने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, समानुपातिक उम्मेदवारहरु श्रीमिला सुवाल, समिता खड्गी श्रेष्ठ र नानु बास्कोटालगायतले महिला र युवा विकासका ठोस योजनाहरु ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework