लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रधानमन्त्रीसँगको छलफलमा एमाले नेताको आरोप–‘सरकारले नै चुनावको वातावरण बनाएन’

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 4054 पटक हेरिएको

काठमाडौं, चैत ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको विषयमा सोमबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा उनले स्थानीय तहको निर्वाचनको वातावरण बनाउन एमालेसँग आग्रह गरे ।

स्थानीय तहको निर्वाचनको सबै तयारी पूरा भएको भन्दै दाहालले सहयोगी भूमिमा निर्वाह गर्न एमाले नेतृत्वसँग आग्रह गरेका हुन् ।

सरकारले मधेसी मोर्चालाई पनि निर्वाचनमा ल्याउन हरसम्भव प्रयास गरिरहेको भन्दै प्रधानमन्त्री दाहालले निर्वाचनका विषयमा सबै दलको समान धारणा बन्नुपर्नेमा जोड दिए ।

एमाले नेताहरुले भने सरकारले नै निर्वाचनको वातावरण नबनाएको आरोप लगाएका थिए ।

उनीहरुले संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।

एमाले निर्वाचनको पक्षमा रहेको भन्दै नेताहरुले शान्ति–सुरक्षाको वातावरण बनाउन आग्रह गरेका थिए ।

छलफलमा प्रधानमन्त्री दाहालसहित एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोखरेललगायतका नेताको सहभागिता थियो ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework