लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

मोर्चाद्वारा गाउँपालिकाको कार्यालयमा तालाबन्दी, प्रहरीसँग घम्साघम्सी

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित,

ध्रुव भट्टराई (इमेज): विराटनगर, चैत ७ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा मोरङले सोमबार मोरङको जिल्ला समन्वय समितिसहितका स्थानीय कार्यालयहरुमा तालाबन्दी गरेका छ ।

मोर्चाले सुनवर्षी नगरपालिका, कटहरी, दादरवेरिया, धनपाल गाउँपालिकाका कार्यालयमा तालाबन्दी गरेर कागजपत्र नियन्त्रणमा लिएको हो । उनीहरुले जिल्ला समन्वय समितिको बोर्डसमेत हटाएका छन् ।

बोर्ड हटाउनेक्रममा प्रहरीसँग मोर्चाको केहिबेर घम्साघम्सीसमेत परेको थियो ।

संघीय समाजवादी फोरम मोरङ अध्यक्ष राजकुमार यादवको नेतृत्वमा गएको मोर्चाको टोलीले कार्यालय खुल्नेबित्तिकै तालाबन्दी गरेको थियो ।

जिल्लाका दक्षिणी भेगमा पर्ने नगरपालिका र गाउँपालिकामा गरिएको तालाबन्दीपछि यी निकायको कामकाज प्रभावित बनेको छ ।

सरकारले संविधान संशोधन नगरी स्थानीय तहको निर्वाचनको घोषणा गरेको भन्दै पार्टीको केन्द्रीय कार्यक्रमअनुसार स्थानीय तह कार्यान्वयन हुन नदिन जिल्ला समन्वय समिति, नगरपालिका तथा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको यादवले बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework