लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

मेयर पदका आकांक्षी कांग्रेस नेतामाथि सांघातिक आक्रमण

शुक्रबार, ८ बैशाख, २०७४ मा प्रकाशित, 4094 पटक हेरिएको

बैतडी, वैशाख ८ । बैतडीको मेलौली नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका आकांक्षी ईश्वरदत्त भट्टमाथि सांघातिक कुटपिट भएको छ ।

गोठलापानीमा रहेको स्टार गेस्टहाउसमा सुतिहेकाबेला बिहीबार राति ११ बजेतिर भट्टमाथि कुटपिट भएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए ।

कुटपिटबाट भट्टको शरीरभरी घाउचोट लागेको छ भने देब्रेघुँडाको पांग्रा फुटेर टुक्राटुक्रा हुनुका साथै, छाती र आँखामा चोट रहेको जिल्ला अस्पातल बैतडीले जनाएको छ ।

भट्टलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला अस्पताल बैतडीका डा. प्रनाम जैरुले जानकारी दिए ।

भट्टमाथि कुटपिट गरेको आरोपमा शिवनाथ गाउँपालिकाका धीरेन्द्र चन्द र वीरेन्द्र चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका दुबैजनामाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

यसैबीच, आफ्ना नेता ईश्वरदत्त भट्टमाथि आक्रमण भएपछि नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीका आकस्मिक बैठक बसिरहेको छ । बैठकले छानबिन टोली गठन गर्ने कोषाध्यक्ष पाण्डेयले जानकारी दिए ।

कुटपिट गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेससँग आवद्ध रहेका भनिएको भएपनि आफ्नो पार्टी र कुनै भातृसंगठनसँग ती व्यक्ति आवद्ध नरहेको कोषाध्यक्ष पाण्डेयले जानकारी दिए । रासस

Loading...

प्रतिक्रिया

भर्खरै...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.