लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

टीकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने निर्णय फिर्ता गर्न एमालेको माग

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 11042 पटक हेरिएको

काठमाडौं, जेठ ५ । नेकपा एमालेले कैलालीको टीकापुरमा भएको ८ जना सुरक्षाकर्मी र एकजना शिशुको बीभत्स हत्यामा संलग्नलाई राजनीतिक आवरण दिइ उन्मुक्ति दिन सरकारले गरेको निर्णय फिर्ता गर्न माग गरेको छ ।

शुक्रबार एमालेका सचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गरी सो निर्णय फिर्ता गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा विधिको शासन, सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगका पटक–पटकका फैसला तथा निर्देशन एवं मानवअधिकारका विश्वव्यापी मूल्य–मान्यताविपरीतको उन्मुक्ति दिने निर्णयले दन्डहीनता संस्थागत हुने तथा आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने उल्लेख गरिएको छ ।

एमालेले घटनाको तथ्यपूर्ण एवं निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइ दन्डहीनता अन्त्य गर्न तथा मानवअधिकार र विधिको शासनको पालना गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।

२०७२ साल भदौ ७ गते टीकापुरमा हिंसात्मक घटनामा ९ जनाको ज्यान गएको थियो । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework