लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

पर्वतमा निर्वाचित पदाधिकारीहरुले लिए शपथ, पदभार ग्रहणसँगै यस्तो गरे प्रतिबद्धता

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 4106 पटक हेरिएको

लक्ष्मीप्रसाद सापकोटा (इमेज): पर्वत, जेठ ५ । पर्वतका स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुले शुक्रबार शपथग्रहण गरी पदभारसमेत ग्रहण गरेका छन् ।

नेकपा एमालेबाट निर्वाचित फलेबास नगरपलिकाका प्रमुख पदमपाणि शर्मा र उपप्रमुख मञ्जु अधिकारीले फलेबासमै शपथ लिइ पदभार ग्रहण गरे ।

सो अवसरमा शर्मा र अधिकारीले निर्वाचनकाबेला गरेको बाचा पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख शर्माले खुला आकाशमुनि रहेको नगरपालिकालाई व्यवस्थित गर्नु पहिलो जिम्मेवारी हुने भन्दै फलेबासलाई समृद्ध नगरकोरुपमा विकास गर्न तत्कालीन र दीर्घकालीन योजना लागू गर्ने बताए ।

यसैगरी, नेपाली कांग्रेसबाट निर्वाचित कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र सीता काफ्ले लामिछानेसहितका पदाधिकारीहरुले पनि शुक्रबारै पदभार ग्रहण गरे ।

सो अवसरमा नवनिर्वाचित प्रमुख जोशी र लामिछानेले कुश्माबजारलाई मुलुककै नमुना नगर बनाउने प्रतिबद्धता जनाए ।

प्रमुख जोशीले कुश्मालाई आर्थिक, सामाजिक, भौतिक, शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानी सडकजस्ता पूर्वाधारयुक्त समृद्ध नगर बनाउने बताए ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश मोहनराज भट्टराईले नवनिर्वाचित पदाधिकारीहरुको कार्यकालको सफलताका लागि शुभकामना दिए ।

पर्वतका सातओटा स्थानीय तहमध्ये एक नगरपालिकासहित चारओटा स्थानीय तहमा एमाले विजयी भएको छ भने एक नगरपालिकासहित तीनओटा तहमा कांग्रेसले जित हासिल गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework