लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

मधेसका दुई/चार नेताको अघि सरकारले लाचारीपन देखायो : खनाल

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 2648 पटक हेरिएको

इलाम, असार ५ । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनैपनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।

                                                                                 फाइल फोटो
इलाम सदरमुकाममा सोमबार बिहान सन्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले सरकारको लाचारीपनले गर्दा चुनाव सरेको उल्लेख गर्दै ‘चुनाव सार्नुपर्ने कुनै कारण थिएन’–भने ।

‘मधेसका दुई/चारजना नेताको अघि सरकारले लाचारीपन देखायो’–उनले भने ।

पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गरे ।

जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेको बताउँदै उनले ‘तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्छ’–भने । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework