लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘उपेन्द्र यादव र विजय गच्छदार प्रलोभनमा परेर चुनावमा गए’

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित, 5919 पटक हेरिएको

काठमाडौं, असार ५ । नेकपा एमालेका नेता आनन्द पोखरेलले २ नम्बर प्रदेशमा असोज २ गते पनि निर्वाचन नहुने दाबी गरेका छन् ।

सोमबार राजधानीमा गरिएको साक्षात्कारमा उनले एमाले कुनैपनि हालतमा अहिले प्रस्ताववित संविधान संशोधनमा सहमत नहुने भन्दै ‘यस्तै रबैयाले असोजमा पनि निर्वाचन हुँदैन’–भने ।

माओवादी केन्द्रका नेता रामनारायण बिडारीले भने संविधान संशोधनपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल पनि निर्वाचनमा आउने जिकिर गरे ।

यस्तै, नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले एमाले गैरजिम्मेवार भएकाले प्रदेश नम्बर–२ को निर्वाचन सार्न बाध्य भएको आरोप लगाए ।

राजपाका नेता मनीष सुमनले भने संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सरकारले दिएको प्रलोभनमा परेर चुनावमा गएको आरोप लगाए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework