लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

सरकारसँगको सहमतिमै राजपाले स्वतन्त्र उम्मेदवारी दिएको खुलासा

सोमबार, ५ आषाढ, २०७४ मा प्रकाशित,

बुटवल, असार ५ । स्थानीय तहको निर्वाचनको विषयमा सोमबार बुटवलमा सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

गृहमन्त्री जर्नादन शर्माको उपस्थितिमा रुपन्देहीसहित ६ जिल्लाका प्रमुखहरुको बैठक गरिएको हो ।

बैठकमा गृहसचिव लोकदर्शन रेग्मी, निर्वाचन आयुक्त सुधीरकुमार शाह, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्र शर्मा पौडेल, नेपाली सेनाका रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीलगायतको सहभागिता रहेको थियो ।

बैठकपछि गृहमन्त्री शर्माले आइतबार मनोनयनकाक्रममा कपिलवस्तुमा भएको घटनाको सूक्ष्मरुपमा अनुसन्धान भइरहेको भन्दै त्यस्ता घटना दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई चुस्त राखिने बताए ।

फरक प्रसंगमा उनले प्रदेश नम्बर–२ को निर्वाचन सारिएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अरु प्रदेशमा स्वतन्त्ररुपमा मनोनयन दर्ता गर्ने सहमति भएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगको सहमतिकै आधारमा राजपाले निर्वाचनमा मनोनयन दर्ता गराएको उनले स्पस्ट पारे ।

सुरक्षा बैठकमा रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाची र पाल्पाका प्रमुख जिल्ला अधिकारी, प्रहरी र सशस्त्र प्रहरी प्रमुखको सहभागिता रहेको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework