लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

विज्ञापनमा गल्ती, कांग्रेस कार्यकर्ताले गरे पत्रिकाको कार्यालयमा तालाबन्दी

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 8578 पटक हेरिएको

ध्रुव भट्टराई (इमेज): विराटनगर, साउन २ । नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष बनेका जनप्रतिनिधिलाई नेकपा एमाले बनाएर पत्रिकामा विज्ञापन छापेको भन्दै कांग्रेस कार्यकर्ताले मोरङको उर्लाबारीस्थित राष्ट्रिय समाचारपत्र दैनिकको कार्यालयमा तालाबन्दी गरेका छन् ।

स्थानीय पत्रिकामा प्रकाशित विज्ञापनमा कांग्रेसका तर्फबाट वडा नम्बर–७ बाट निर्वाचित वीरवल थापाको नामबाट छापिएको ‘आभार व्यक्त’ विज्ञापनमा ‘एमालेबाट निर्वाचित म’ भन्ने उल्लेख छ ।

पत्रिकाले यसअघिदेखि नै आफ्नोविरुद्धमा विभिन्न प्रपोगन्डा गर्ने गरेको आरोप लगाउँदै थापा र उनीसमर्थित कार्यकर्ताले पत्रिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

पत्रिकाका सम्पादक केदार चौहानले उर्लाबारीमा रहेको पत्रिकाको कार्यालयमा सोमबार बिहान १० बजेतिर आएका कांगेस कार्यकर्ताले तालाबन्दी गरेको जानकारी दिए ।

चौहानले पत्रिकामा छापिएको विज्ञापनमा गल्तीका कारण ‘कांग्रेसबाट निर्वाचित’ हुनुपर्नेमा ‘एमालेबाट निर्वाचित’ हुन गएको बताए ।

थापाले भने आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् । ‘बिनाजानकारी विज्ञापन आएको छ’–निर्वाचित थापाले भने–‘त्यसमा पनि यतिको ठूलो गल्ती हुन सक्दैन, मेरो चरित्र हत्या गर्न खोजिएको छ ।’

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework