लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

जिल्ला समन्वय समिति गठनका लागि पहल गर्न आयोगको ध्यानाकर्षण

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 1033 पटक हेरिएको

काठमाडौं, साउन २ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले जिल्ला समन्वय समिति गठनका लागि अविलम्ब पहल गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठनमा अन्योल भइरहेको भन्दै एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा सोमबार निर्वाचन आयोगका पदाधिकारीसँग भेटेर जिल्ला समन्वय समिति गठनका लागि आवश्यक निर्देशन दिन आग्रह गरेको हो ।

एमाले टोलीले २०७४ माघ ७ भित्र तीनओटै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्वबाट सत्तापक्ष भाग्न खोजेको भन्दै सरकारलाई दबाब दिन निर्वाचन आयोगलाई आग्रहसमेत गरेको छ ।

आयोगका पदाधिकारीसँगको भेटमा उपनेता नेम्वाङले मतदाता नामावली संकलन सकेसम्म जनतालाई सहज हुने गरी व्यवस्था गर्नसमेत आग्रह गरे ।

उनले काठमाडौंमा बसोबास गरिरहेकाहरुले पनि निर्वाचन आयोगमै फोटो खिचाएर सम्बन्धित ठाउँमा नामावली पठाउने व्यवस्था गर्न सकिने बताए ।

एमालेले विदेशमा रहेका नेपालीले दूतावासमा गएर फोटोसहितको मतदाता नामावली भर्ने र त्यो लगत सम्बन्धित गाउँमा पुग्नेगरी व्यवस्था गर्नसमेत निर्वाचन आयोगसँग माग गरेको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework