लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

‘हारका लागि पार्टी नै जिम्मेवार’

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 2716 पटक हेरिएको

काठमाडौं, साउन २ । माओवादी केन्द्रको पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनको समीक्षा बैठक सुरु भएको छ ।

सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु केन्द्रीय सचिवालयको विस्तारित बैठकमा विस्तृत् छलफल हुने जनाइएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा हारका लागि पार्टी नै जिम्मेवार भएको बताएको बुझिएको छ ।

पार्टीले गरेको कामहरुलाई संस्थागत गर्न नसकिएको र निर्वाचनमा यसको असर परेको दाहालले बताएको जनाइएको छ ।

बैठकमा संघ तथा प्रदेशसभा निर्वाचन रणनीतिबारे छलफल हुनेछ । बैठकमा पार्टी अध्यक्ष दाहालले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने र जिल्ला इन्चार्जहरुले जिल्लागत प्रतिवेदन पेस गर्ने जनाएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework