लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन कहिले ? (भिडियो रिपोर्ट)

सोमबार, २ साउन, २०७४ मा प्रकाशित, 1789 पटक हेरिएको

अक्कल कुँवर/लक्ष्मणमान डंगोल (इमेज): काठमाडौं, साउन २ । निर्वाचन आयोगले साउन १५ गतेभित्र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन दिन सरकारसँग आग्रह गरेको छ । तर, सरकारले भने अझैसम्म पनि आयोग गठन गर्न सकेको छैन ।

प्रदेश र संघीय संसद निर्वाचनका लागि आवश्यक कानुन र क्षेत्र निर्धारणको टुंगो लाग्न नसक्दा निर्वाचन आयोगले निर्वाचनसम्बन्धी आवश्यक काम सुरु गर्न सकेको छैन ।

आगामी माघ ७ गतेभित्र प्रदेश र संघीय निर्वाचन गरिसक्नुपर्ने सरकारलाई संवैधानिक बाध्यता छ । तर, तोकिएकै समयमा चुनाव सम्पन्न गर्नको लागि सरकार आफैंले पूर्वाधार बनाउन सकेको छैन ।

निर्वाचनका लागि प्रतिनिधिसभा निर्वाचन ऐन, प्रदेशसभा निर्वाचन ऐन र क्षेत्र निर्धारण अपरिहार्य छ । तर, सरकारले अहिलेसम्म न त कानुन बनाउन सकेको छ न त आयोग नै ।

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न सरकारले गरेको ढिलाइप्रति निर्वाचन आयोगले असन्तुष्टि जनाएको छ ।

निर्वाचन आयोगको आग्रहपछि सरकारले क्षेत्र निर्धारण र निर्वाचन कानुन छिट्टै दिने आश्वासन दिएपनि अझै आयोग गठनको प्रक्रियासमेत सुरु गर्न सकेको छैन ।

गृहमन्त्री जनार्दन शर्माले अब बस्ने मन्त्रिपरिषद बैठकबाट आयोगको टुंगो लगाउन प्रयत्न गर्ने बताए ।

यता, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलेसमेत तत्काल क्षेत्र निर्धारण आयोग गठन गर्न सरकारसँग माग गरिरहेको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework