लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘दुई तिहाइ पुर्‍याउने गृहकार्यमा सरकार लागिपर्छ’ (भिडियो)

शुक्रबार, २७ साउन, २०७४ मा प्रकाशित, 1885 पटक हेरिएको

काठमाडौं, साउन २७ । सरकारले संविधान संशोधन विधेयकलाई मतदान प्रक्रियामा लैजाने भएको छ । तर, सत्तारुढ दलहरुसँग संशोधन पारित गर्नका लागि दुई तिहाइ मत छैन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाबिना संशोधन विधेयक पारित गर्न सत्तारुढ दलहरुलाई ‘फलामको च्यूरा चपाउनु’सरह हुने निश्चित छ ।

संविधान संशोधन विधेयक पारित हुने दाबी सत्तारुढ दलका नेताहरुले गरेका छन् ।

विधेयकलाई मतदान प्रक्रिया लैजान सरकार र राजपाका नेताहरुबीच सहमति बनेपछि सकेसम्म दुई तिहाइ बहुमतबाट पारित गर्ने गृहकार्यको पनि थालनी भएको बताइन्छ ।

प्रमुख प्रतिपक्ष दल एमालेकै विश्वासमा संशोधनको प्रक्रिया अघि बढाउने र एमालेले साथ नदिएपनि दुई तिहाइ पु¥याउने गृहकार्यमा सरकार लागिपर्ने वाणिज्यमन्त्री मीन विश्वकर्माले बताए ।

सत्तारुढ घटक माओवादी केन्द्रका नेता अजय शंकर नायकले प्रदेश नम्बर–२ को निर्वाचनलाई सफल बनाउन संविधान संशोधनको विकल्प नभएको भन्दै एमालेले पनि संशोधनको पक्षमा निर्णय गरेर रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउँछन् ।

भिडियो हेर्नुहोस्

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework