लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

नेता नेपाल उत्तर कोरिया प्रस्थान

शुक्रबार, २७ साउन, २०७४ मा प्रकाशित,

काठमाडौं, साउन २७ । नेकपा एमालेका नेता माधवकुमार नेपाल शुक्रबार प्रजातान्त्रिक जनगणतन्त्र कोरिया प्रस्थान गरेका छन् ।

                                                                             फाइल फोटो
प्रजग कोरिया सरकारको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अपराह्न त्यसतर्फ प्रस्थान गरेको उनका स्वकीयसचिव नितेश पौडेलले जानकारी दिए ।

‘इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेट पर्सन्स अफ माउन्ट पेक्तु’ नामक कार्यक्रममा सहभागी हुन नेपाल सांसदहरुको नेतृत्व गर्दै गएका हुन् ।

टोलीमा नेकपा माओवादी केन्द्रका हरिबोल गजुरेल, नेपाल परिवार दलका एकनाथ ढकाललगायत सांसद छन् । टोली एक सातापछि स्वदेश फर्कनेछ । रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework