लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

लमजुङमा तीन दर्जन कांग्रेस कार्यकर्ता वाम गठबन्धनमा प्रवेश

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

नवीनराज कुइँकेल (इमेज): लमजुङ, कात्तिक २८ । नेपाली कांग्रेसको ‘गढ’ मानिने लमजुङको सुन्दरबजार नगरपालिकाको चन्द्रेश्वर गाउँका तीन दर्जन कांग्रेस नेता–कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका छन् ।

मंगलबार चन्द्रेश्वरको च्यानपाटामा भएको चुनावीसभामा नेपाल महिला संघ चन्द्रेश्वरकी अध्यक्ष चन्द्रावती अधिकारी, चन्द्रेश्वर गाउँकार्यसमितिका पूर्वसभापति देवीजंग दुरासहित तीन दर्जन कांग्रेस कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका हुन् ।

चुनावीसभामा विमान श्रेष्ठ, जीवन खनियाँ, लेखमाया दुरा, दिलमाया दुरा, शोभा श्रेष्ठ, विमला बास्तोला, तेजमाया गुरुङ, लक्ष्मी केसी, कल्पना सुवेदी, डोलबहादुर विक, हरिबहादुर विकलगायतका कांग्रेस कार्यकर्ताहरुलाई नेकपा एमालेका सचिव एवं प्रदेशसभा ‘ख’का उम्मेदवार पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका कार्यालय सदस्य एवं प्रतिनिधिसभा सदस्य उम्मेदवार देवप्रसाद गुरुङले टीका लगाएर पार्टी प्रवेश गराएका थिए ।

चुनावीसभामा बोल्दै नेताद्वय गुरुङले वाम गठबन्धनबाट मुलुकको समृद्धि र विकास सम्भव रहेको बताए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework