लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

बाँदरमुढे घटना ज्यादै दुःखद् : विक्रम पाण्डे

मंगलबार, २८ कार्तिक, २०७४ मा प्रकाशित,

चितवन, कात्तिक २८ । चितवनको माडीस्थित बाँदरमुढे घटनास्थलमा मंगलबार लोकतान्त्रिक गठबन्धनले शोकसभा गरेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, समानुपातिक उम्मेदवारसहित नेपाली कांग्रेसका निर्वतमान सांसदको टोलीले मृतकको सम्झनामा मौनधारण पनि गरे ।

सभामा चितवन निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं वनमन्त्री विक्रम पाण्डेले बाँदरमुढे घटना ज्यादै दुःखद् रहेको भन्दै सधैं झूटा आश्वासन दिएर मल्हम नलाग्ने बरु सरकारले नै विशेष राहत प्याकेज ल्याउनुपर्ने बताए ।

कांग्रेस पूर्वसांसद रामकृष्ण घिमिरेले बाँदरमुढे घटनाका पीडित परिवारलाई विशेष राहत प्याकेज ल्याउन लागिपर्ने बताए ।

२०६२ साल जेठ २३ गते बिहान यात्रीले भरिएको बस माओवादीले थापेको विद्युतीय धरापमा पर्दा ३९ जना मारिएका थिए भने ७५ जना घाइते भएका थिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework