लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

दमननाथ ढुंगानाले नेमकिपासँग सहयोग मागे

बुधबार, २९ कार्तिक, २०७४ मा प्रकाशित,

जयराम बास्तोला (इमेज): भक्तपुर, कात्तिक २९ । नेपाली कांग्रेसका भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दमननाथ ढुंगानाले नेपाल मजदुर किसान पार्टीलाई मंसिर २१ गते हुने निर्वाचनमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

बुधबार रफत सन्चार क्लब भक्तपुरमा आयोजित साक्षात्कारमा उनले ‘सके आफ्ना पार्टीका उम्मेदवारलाई जिताउनू, नसके राम्रो उम्मेदवारलाई सहयोग गर्नू’ भन्दै उनले सहयोग मागेका हुन् ।

नेमकिपालाई नीतिगतरुपमा तटस्थ बसे पनि उम्मेदवारकोबारेमा तटस्थ नबस्न उनले आग्रह गरे ।

निर्वाचन खर्च दैनिक महँगो हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले सामान्य व्यक्तिले अब निर्वाचन लड्न नसक्ने अवस्था रहेको भन्दै दुःख व्यक्त गरे ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework