लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

कांग्रेसले बहुमत ल्याउँछ : देउवा

बिहीबार, २१ मंसिर, २०७४ मा प्रकाशित,

टेकराज अवस्थी (इमेज): डडेल्धुरा, मंसिर २१ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका सम्पूर्ण समस्याको समाधानको जिम्मेवारी कांग्रेसले लिने बताएका छन् ।

बिहीबार डडेल्धुरास्थित गन्यापधुराको अशिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनबाट नेपाली कांग्रेसले बहुमत ल्याउने र सम्पूर्ण समस्याको समाधान गर्ने दाबी गरे ।

उनले समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणका लागि आफ्नो मताधिकार प्रयोग गरेको स्पस्ट पार्दै निर्धक्क साथ आफ्नो मताधिकार प्रयोग गरी यो ऐतिहासिक निर्वाचनलाई एउटा उत्सवमा परिणत गर्न आग्रह गरे ।

प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदानपछि प्रधानमन्त्री देउवा हेलिकोप्टरबाट काठमाडौं फर्किएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework