लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

निर्दयी कदम चाल्नेहरुलाई जनताले नै ठीक पार्छन् : पूर्वराजा ज्ञानेन्द्र

बुधबार, २६ पुष, २०७४ मा प्रकाशित,

काठमाडौं, पुस २६ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालप्रति सम्मान भाव नराखी यसको एकता र सद्भाव बिथोल्ने प्रयास भइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर बुधबार एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले एकढिक्का भएर अगाडि बढ्न सबै नेपालीलाई आग्रह गरेका छन् ।

उनले ‘देश भनेकै मानव समाजकै समष्टिगत एकता, मौलिक संस्कृति, धर्म, परम्परा र विशिष्ट पहिचानको समग्र रुप हो’ भन्दै यसलाई बचाइराख्नसमेत आह्वान गरेका छन् ।

दलहरुको पछिल्लो गतिविधिप्रति इंगित गर्दै पूर्वराजा शाहले सन्देशमा ‘निर्दयी कदम चाल्नेहरुलाई जनताले नै ठीक पार्ने’ भन्दै सम्हालिएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

पुरानो नेपालको जगेर्ना गरेरमात्र नयाँ नेपाल बनाउन सकिने वास्तविकता आत्मसात् गर्न पनि उनले आह्वान गरेका छन् ।

सरकारले यो वर्ष पृथ्वीजयन्तीको अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework