लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राष्ट्रियसभा निर्वाचन गराएर सरकार छाड्नेबारे सोच्छु : प्रधानमन्त्री

शुक्रबार, २८ पुष, २०७४ मा प्रकाशित,

बिराज रोस्यारा (इमेज): कैलाली, पुस २८ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशप्रमुख नियुक्तिका लागि सरकार प्रमुख राजनीतिक दलहरुबीच सहमति जुटाउने प्रयासमा लागेको बताएका छन् ।

शुक्रबार धनगढी विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले सहमति नभए सरकार आफैंले प्रदेशप्रमुख नियुक्त गर्ने बताए ।

प्रदेशको अस्थायी राजधानीका लागि पनि सहमतिको प्रयास भइरहेको भन्दै उनले प्रदेशप्रमुख र अस्थायी राजधानीबारे सरकारले सहमति गर्न खोजेपनि अरु दलहरु सहमतिमा नआएको दाबी गरे ।

प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचन गराएपछि आफूले सरकार छाड्नेबारे सोच्ने पनि बताए ।

राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ २५ गते हुँदैछ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको शनिबार हुने दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवासहित उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठ शुक्रबार नै महेन्द्रनगर गएका छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework