लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

दुई नेताकोमात्रै व्यवस्थापनले पार्टी एकता सम्भव छैन : नेपाल

बुधबार, २ फागुन, २०७४ मा प्रकाशित,

चितवन, फागुन २ । नेकपा एमालेका नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनलेमात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन् ।

चितवन, फागुन २ । नेकपा एमालेका नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनलेमात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन् ।

बुधबार चितवनमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी सदस्यदेखि तल्लो तहका कार्यकर्ताको पनि व्यवस्थापन गरेर पार्टी एकता गर्नुपर्ने बताए ।

उनले भने–‘दुई नेताको व्यवस्थापनलेमात्रै हुँदैन । पहिला पूर्वप्रधानमन्त्री भइसकेका, पार्टी सन्चालनको अनुभव लिइसकेका, स्थायी कमिटीमा रहेका र तल्लोस्तरमा रहेका सबैलाई मिलाउनुपर्छ ।’

पार्टी एकतामा देखिएका बाधालाई छिटोभन्दा छिटो पन्छाएर पार्टी एकता गर्नु आजको आवश्यकता रहेको उनले बताए ।

उनले भने–‘पार्टी एकता कहिले गर्ने, पार्टीले कस्तो विचार अवलम्बन गर्ने, दिइएको जिम्मेवारी पूरा नगरे परिवर्तन गर्ने, समयमा काम कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गरेर पार्टी एकता टुंग्याउनु जरुरी छ ।’

पहिला सरकार गठन गरेर पार्टी एकता हुनुपर्ने भन्दै उनले सरकार गठनका लागि समय आइसकेको बताए ।

एक फरक प्रसंगमा बोल्दै उनले भने–‘कामचलाउ सरकारले गरेका दीर्घकालीन निर्णय अब बन्ने सरकारले उल्टाउनेछ ।’ रासस

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework