लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

कुनैपनि हालतमा दुई पार्टी एक हुन्छ : खनाल

मंगलबार, ४ बैशाख, २०७५ मा प्रकाशित,

विशाल नेम्वाङ (इमेज): झापा, वैशाख ४ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले तत्काल एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया टुंग्याउन दुई पार्टीका अध्यक्षहरुलाई जिम्मेवारी दिइएको बताएका छन् ।

उनले कुनैपनि हालतमा दुई पार्टी एक हुने बताए ।

मंगलबार झापाको बिर्तामोडमा रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठानले गरेको पुरस्कार वितरण समारोहमा खनालले राजनीतिक आन्दोलन सकिएकाले मुलुक अब विकास र समृद्धिको चरणमा प्रवेश गर्ने उल्लेख गरे ।

कार्यक्रममा साहित्यकार मेघराज शर्मा नेपाल ‘मञ्जुल’लाई ‘अम्बिकादेवी ओली स्मृति साहित्य पुरस्कार’ प्रदान गरिएको थियो ।

यस्तै, बैतडीका कृषि वैज्ञानिक मदनराज भट्टलाई ‘रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार’, नवलपरासीकी सामाजिक अभियन्ता बालकुमारी जिसीलाई ‘गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार’ प्रदान गरियो । ती पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, ५१ हजार १११ रुपैयाँ राशिको ‘देवी ओली राष्ट्रिय बाल पुरस्कार’ भक्तपुरको सीबीआर नामक संस्थालाई प्रदान गरिएको छ ।

वि.सं. २०६७ चैत २७ मा स्थापित सो संस्थाले प्रतिष्ठानका संस्थापक स्वर्गीय श्रीप्रसाद ओलीद्वारा आर्जित सम्पत्तिमध्ये एक करोड रुपैयाँको अक्षयकोष खडा गरी वर्षेनि पुरस्कार वितरण गर्ने गरिएको छ ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework