लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रधानमन्त्री ओली आक्रामक ! गगन थापाप्रति यसो भने (भिडियो)

मंगलबार, १ जेष्ठ, २०७५ मा प्रकाशित,

काठमाडौं, जेठ १ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग एमालेको सम्बन्ध सुधार भएको देख्न नचाहनेहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विरोध गरेको आरोप लगाएका छन् ।

एमाले भ्रातृसंगठन युवा संघको २८औं स्थापना दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले ‘एमाले भारतविरुद्ध उफ्रिरहोस्, त्यसको फाइदा आफूले लिइरहन पाऊँ भन्नेहरुलाई मोदीको भ्रमण टाउको दुखाइ बनेको’ जिकिर गरे ।

नेपाल कांग्रेसका नेता गगन थापाले सोमबार संसदमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘संविधान संशोधन गर्न सकिनँ माफ पाऊँ भनेको छु र घुँडामा भ्वाङ पर्न ?’ भन्ने प्रश्न गरे ।

प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतको ‘मति बिग्रिएको’ भन्दै उनले ‘मुख्यमन्त्रीले बोलेका कुरा नेपाल सरकारको नीति होइन’–भने ।

कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियताको संरक्षण, सुशासन, समृद्धि र आर्थिक विकासका लागि जस्तोसुकै जोखिमको सामना गरेर अघि बढ्न युवाहरुलाई सुझाव दिए ।

त्यसैगरी, अर्का एमाले वरिष्ठ नेता झलनाथ खनालले युवाहरुले अब लोकतन्त्र, राष्ट्रियता, सामाजिक, आर्थिक रुपान्तरणजस्ता कार्यभार सम्पन्न गर्दै जानुपर्ने बताए ।

भिडियो हेर्नुहोस्

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework